प्रिमियर इन्स्योरेन्सको दोस्रो त्रैमाससम्ममै जगेडा कोषमा ६० करोड १० लाख

Advertisement

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा जगेडा कोषमा ६० करोड १० लाख रुपियाँ जम्मा हुन पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा २० करोड ३८ लाख रहेको कम्पनीको जगेडा ३ गुणाले बढ्न पुगेको हो ।

गत आवको पुस मसान्तको तुलनामा चालू आवमा कम्पनीले आफ्नो खुद नाफा ८.८० प्रतिशतले मात्र बढाएको छ । गत आवको यसै अवधिमा ५ करोड ४१ लाख खुद नाफा कमाएको यस कम्पनीले हाल ५ करोड ८८ लाख रूपियाँ खुद नाफा आर्जन गरेको हो ।

कम्पनीले यस अवधिमा ४१ करोड ५९ लाख रुपियाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ४० करोड ७८ लाख रुपियाँ खुद बीमा शुल्क संकलन गरेको थियो । कम्पनी पुनर्बीमा कमिशन आयबाट ९ करोड ९४ लाख, लगानी कर्जा तथा अन्य आयबाट ३ करोड ८१ लाख रुपियाँ आम्दानी गरेको कम्पनीले जानकारी दिएको छ ।

५८ करोड ४० लाख रुपियाँ चुक्ता पुँजी रहेको यस कम्पनीको बीमा कोषमा ४३ करोड १ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ३ करोड ८९ लाख रुपियाँ सञ्चित छ ।

हालसम्म कम्पनीले ७९ करोड ५४ लाख रुपियाँ कुल बीमा शुल्क संकलन गरेको छ । यस अवधिसम्ममा एक लाख ३ हजार एक सय २१ बीमालेख जारी गरेकोमा ३ हजार पाँच सय ८४ बीमालेख नवीकरण भएका छन् ।

कम्पनीको प्रतिशेयर आम्दानी २० रुपियाँ १६ पैसा, प्रतिशेयर नेटवर्थ २८३ रुपियाँ २४ पैसा र मूल्यआम्दानी ५२.९८ गुणा बढी भएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement