पानी जहाज कार्यालयको उदघाटन गर्दै ओलीले भने– असंभव भन्नेहरुलाई देखाउँछौं

Advertisement

ललितपुर । प्रधानमन्त्री केपी ओलीले पनि ब्याङ्ग्यको विषय बन्दै आएको नेपालको आफ्नै पानी जहाज सञ्चालन गर्ने कुरा सरकारले आधार तयार गर्न थालेको छ । सरकारले पानी जहाज सञ्चालनका लागि बिहीबार कार्यालय खोलेको छ। प्रधानमन्त्री केपी ओलीले एकान्तकुनास्थित पानी जहाज कार्यालयको उद्घाटन गरे । कार्यालय सञ्चालनका लागि केही कर्मचारीको समेत व्यवस्था गरिएको छ ।

प्रधानमन्त्री ओलीले नेपालको आफ्नै झण्डै रहेको पानी जहाज अब चाँडै सञ्चालन हुने बताए । उनले यस्तो जहाजमा नेपालबाटै यात्रा गर्न मिल्ने पनि बताए । ओलीले नेपाल पनि जलयातायातमा प्रवेश गरिसकेको भन्दै कार्यालय उदघाटनबाट एक कदम अघि बढेको बताए ।

प्रधानमन्त्री ओलीले पानीजहाजको टिकट नेपालमै पाइने पनि बताए । उनले पानी जहाज चलाउँछु भन्दा ‘असंभव’ भन्नेहरुलाई संभव गराएर देखाउन लागेको भन्दै यो एउटा ‘ड्रिम प्रोजेक्ट’ भएको बताए । पानी जहाज व्यवसायिकरुपमा के कसरी सञ्चालन गर्ने हो ? त्यो कुराको योजना बनाएर ल्याउन पनि ओलीले सम्वन्धित निकायलाई निर्देशन दिए ।

अहिले नारायणीबाट गंगा हुँदै अन्तदेशीय यातायात सुरु गर्ने सोचाई बनाएको सरकारले यसको विस्तृत संभावनाका लागि भारतीय प्राविधिकसमेत बोलाएर काम भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement