अख्तियारका आयुक्त नै घुस प्रकरणमा मुछिए, राजीनामा दिन दबाब

Advertisement

काठमाडौं । अख्तियार दुरुपायोग अनुसन्धान आयोगका एक आयुक्त लाखौं रुपियाँ घुस प्रकरणमा मुछिएका छन् । आयुक्त राजनारायण पाठकले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजबाट लाखौं रुपियाँ घुस लिएको तथ्य बाहिर आएसँगै उनी नैतिक संकटमा परेका छन् ।

पाठकलाई नैतिकताको आधारमा राजीनामा दिन प्रमुख आयुक्त नविन पाठकसमेतले सल्लाह दिएका छन् । राजनीतिक तहबाट राजीनामा दिन दबाब आएपछि पाठकले उनलाई राजीनामा दिएर अनुसन्धानको लागि मार्ग सहज गर्न सल्लाह दिएका हुन् ।

धेरै लामो समयदेखि विवादमा पर्दै आएको नेपाल इन्जिनियरिङ कलेज गैरनाफामूलक संस्थाअन्तर्गत रहँदै आए पनि यसका सञ्चालकहरुले भने कम्पनीमा लैजान प्रयास गर्दै आएका थिए । कलेज विवादमा परेसँगै अख्तियारले यसको छानबिन सुरु गरेको थियो ।

शिक्षा सम्वन्धि अनुसन्धानको प्रमुख रहेका पाठकले कलेजको छानबिन र कारवाही रोक्न प्रयास गर्दैै आएको अख्तियार स्रोतको भनाई छ । सँगसँगै उनले कलेजका सञ्चालकहरुबाट मोटो रकम लिएको तथ्य बाहिर आएपछि पाठक संकटमा परेका हुन् ।

संवैधानिक निकायका पदाधिकारीलाई हटाउनु परेमा संसदले नै महाभियोग लगाउनुपर्ने हुन्छ । अन्यथा त्यस्ता पदाधिकारीलाई हटाउन सकिन्न । त्यस्तो महाभियोगको प्रस्ताव पास हुन दुईतिहाई बहुमत आवश्यक पर्छ । अहिले सत्तारुढ दलसँग दुईतिहाई बहुमत पनि रहेको अवस्था छ ।

Advertisement

Advertisement

Advertisement