युनिभर्सलको आईपिओमा आवेदकको संख्या करिब एक लाख पुग्यो, म्याद कहिले सम्म ?

Advertisement

युनिभर्सल पावर कम्पनीको साधारण शेयर आईपिओ मा फागुन ३ गते शुक्रबार बिहानसम्म ८४ करोड ५८ लाख रुपियाँ बराबरको आवेदन परेको छ। कम्पनीले माघ २५ गतेदेखि सर्वसाधारणको लागि ८६ करोड ७४ लाख रुपियाँ बराबरको आईपिओ निष्काशन गरेको थियो।

हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार फागुन ३ गते शुक्रबार बिहान १० बजेसम्ममा ९६ हजार ४२७ जनाले आवेदकबाट ८४ लाख ५८ हजार एक सय ८० कित्ता शेयरको माग भएको कम्पनीले जनाएको छ।

यस अनुसार कम्पनीको शेयर अब २ लाख १६ हजार तीन सय १२ कित्ता अर्थात २ करोड १६ लाख रुपियाँ बराबरको बिक्री हुन बाँकी छ । बिक्री प्रबन्धकले बाँकी शेयर शुक्रबार बिक्री भए आइतबार र शुक्रबार सबै शेयर बिक्री नभएको खण्डमा सोमबार मात्र शेयर निष्काशन बन्द हुने अवस्था देखिन्छ। सबै शेयर बिक्री भएपश्चात बिक्री प्रबन्धकले पूर्व सूचना दिएर शेयर निष्काशन बन्द गर्ने कम्पनीले जनाएको छ ।

बिहीबार मात्र कम्पनीको शेयरमा दुई करोड ५८ लाख रुपियाँको आवेदन परेको तथ्याङ्कले शुक्रबार २ करोड १६ लाख कित्ताको माग भएको खण्डमा आइतबार शेयर निष्काशन बन्द हुने सम्भावना अधिक देखिएको छ।

 

Advertisement

Advertisement

Advertisement