लुम्बिनी विकास बैंकको लिलामी शेयरमा बोलपत्र पेश गर्ने अन्तिम दिन

Advertisement

काठमाडौं । लुम्बिनी विकास बैंक ले माघ २७ गतेदेखि लिलामीमा ल्याएको एक लाख ९७ हजार ५९६ कित्ता संस्थापक शेयरमा बोलपत्र पेश गर्ने फागुन ३ गते शुक्रबार अन्तिम दिन रहेको छ ।

धितोपत्रको दोस्रो बजारमा बैंकको साधारण प्रतिकित्ता एक सय ७१ रुपियाँ र संस्थापक शेयर एक सय १३ रुपियाँमा अन्तिम पटक कारोबार भएको बैंकले जनाएको छ ।

बैंकले यसअघिका चार पटक हकप्रदमा अवितरित संस्थापक शेयर लिलामी बिक्री खुल्ला गर्दा पनि बिक्री हुन नसकेपछि पाँचौं पटक शेयर लिलमाी खुल्ला गरेको थियो ।

यस बैंकको लिलामी शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक भिबोर क्यापिटल ट्रेड टावर थापाथलीबाट बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।

चुक्ता पुँजी २ अर्ब १७ करोड ९ लाख रुपियाँ रहेको बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २३ करोड ४६ लाख रुपियाँ खुद नाफा आजर्न गरेको छ । बैंकको प्रतिशेयर आम्दानी २१ रुपियाँ ५७ पैसा भएको बैंकले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement