घुस काण्डमा मुछिएका अख्तियारका आयुक्तले अन्ततः दिए राजीनामा

Advertisement

काठमाडौँ । घुसकाण्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले अन्ततः राजीनामा दिएका छन् । अख्तियार प्रमुखको सल्लाह र सार्वजनिकरुपमा दबाब बढेपछि उनले शुक्रबार राष्ट्रपतिसमक्ष राजीनामापत्र बुझाएका हुन् ।

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने नाममा घुस लिएको समाचार सार्वजनिक भएपछि पाठक नैतिक संकटमा परेका थिए । उनले राजीनामा पत्र बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ । मघेसी कोटाबाट अख्तियारमा पुगेका पाठकलाई राजीनामा दिन सत्तारुढ दलबाटै दबाब बढेको थियो । राजीनामा नदिए महाभियोग लगाउने सत्तारुढ दलका नेताहरुबाटै कुराहरु बाहिर आएको थियो ।

Advertisement

Advertisement

Advertisement