एकजना मात्र अट्ने इलेक्ट्रीक कार, मूल्य १५ हजार डलर

Advertisement

काठमाडौं । संसारका धरैजसो कार उत्पादक कम्पनीहरु इलेक्ट्रीक कार निर्माणमा लागेका छन् । सन् २०१८ मा इलेक्ट्रा मेकानिका कम्पनीले चीनको एक कम्पनीसँग सम्झौता गरेर अहिले काम गरिरहेको जनाइएको छ ।

क्यानेडाको इलेक्ट्रा मेकानिका कम्पनीले सन् २०१६ बाट नै आफ्नो अल इलेक्ट्रीक कार 'शोलो' बिक्री वितरण गरिरहेको छ । उक्त कारमा एकजनाले मात्रै यात्रा गर्न मिल्ने छ । यसलाई कम्पनीले १५ हजार ५०० डलरमा बिक्री गरिरहेको जनाएको छ ।

कम्पनीले सन् २०२० सम्ममा ७० हजार यस्ता कार निर्माण गर्ने जनाएको छ । हालसम्म करिब २० हजार कार बुकिङ भएको कम्पनीले जनाएको छ । ८२ हर्सपावरको इलेक्ट्रीक मोटर जडान गरिएको कारले एक सय ७३ एनएम टर्क जेनेरेट गर्ने कम्पनीको दाबी छ ।

यस कारमा कम्पनीले ८।६४ किलोवाटको लिथियम आयन ब्याट्री दिएको छ, जसलाई फुलचार्ज गर्न ३ घन्टा लाग्ने जनाएको छ । एक पटकको फुलचार्जमा १६० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले दाबी गरेको छ ।

यो कार निकै पावरफुल भएको बताईएको छ । जसले ० देखि १०० किमिसम्मको रफ्तार लिन मात्र ८ सेकेन्ड लगाउने छ । कारको उच्चगति क्षमता भने एक सय ३० किलोमिटर प्रतिघन्टा रहने जनाइएको छ ।

कम्पनीका अनुसार कारमा डिजिटल इस्ट्रुमेन्ट क्लस्टर, रिमोट किलेस इन्ट्री, पावर विंडो, एसी, हिटेड सिट, एक सय ६० लिटरका कार्गो स्पेश र रियर भ्यू क्यामेरा दिइएको छ ।

साथै, हेलोजिन हेडल्याम्प, हिटेड मिरर, १५ इन्च अलोय ह्वील, टु स्पीड विन्डसिल वाइपर जस्ता फिचर रहेको जानकारी दिईएको छ ।

Advertisement

Advertisement

Advertisement