हुण्डाईले ल्यायो ‘द अल न्यू स्यान्ट्रो’ मूल्य २५ देखि ३० लाखसम्म

Advertisement

काठमाडौं । कोरियाली अटोमोवाइल ब्राण्ड हुण्डाईले ‘द अल न्यू स्यान्ट्रो’ नेपाली बजारमा भित्राएको छ । हुण्डाईको नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बिहीबार हुण्डाईसँगको १० बर्षको सहकार्यको अवसरसमेत पारेर यो कारको बिक्री शुभारम्भ गरेको हो ।

शुभारम्भ कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत पनि सहभागी थिए । न्यूनतम् २५ लाखदेखि अधिकतम् ३० लाखसम्म मूल्य पर्ने यी कार म्याग्ना, स्पोट्ज र आस्था जस्ता भेरियन्टमा विभिन्न रंगमा उपलब्ध छन् ।

कम्पनीले स्यान्ट्रो फ्यामिलीमा अहिलेको नयाँ संस्करणमा धेरै सुविधाहरु रहेको उदाहरण दिएको छ । यी कारणहरु टल ह्याचब्याक मोडल, ठूलो स्पेश, शानदार लूक्स, फगल्याम्प्स, एड्जस्टेबल हेडरेस्ट्रेन्सजस्ता विशेषताले नेपाली बजारमा चाँडै चर्चित बन्ने अपेक्षा गरिएको छ ।

परिवारका लागि निकै उपयोगी स्यान्ट्रो कारहरुको पुरानो संस्करण संसारभर १८ लाख ५० हजार युनिट बिक्री भइसकेको र नयाँले पनि राम्रो बजार लिने अनुमान गरिएको कम्पनीका अधिकारीहरुले बताए । अल न्यू स्यान्ट्रो ग्रान्ड आई–१० बाट प्रेरित रहेको र यसमा स्वेप्ट ब्याक हेडल्याम्प, नयाँ सिग्नेचर क्यासकेडीङ ग्रील दिएको जनाइएको छ । साथै, यसमा पुरानो टल बोय थिमलाई निरन्तरता दिँदै टप भेरियन्टमा १४ इन्चको अलोय ह्वील, लो भेरियन्टमा १३ इन्च ह्वील दिइएको छ ।

न्यू सेन्ट्रोमा सात इन्च टच स्क्रृन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो, रिभर्स क्यामेरा, रियर एसी भेन्ट, सुरक्षाका लागि एबीएस, इबीडी, ड्राइभर–साइड एयरब्याग, इन्जिन इमोबिलाइजर, चाइल्ड सेफ्टी डोर लक जस्ता सेफ्टी फिचर, टप भेरिएन्टमा डियुल एयरब्याग, लोड लिमिटर, स्पीड–सेन्सीङ डोर लक लगायतका फिचरहरु रहेका छन् ।

यसमा १.१ लिटर फोर–सिलिन्डर पेट्रोल इन्जिन दिइएको, जसले ६९ पीएस पावर र ९९ एनएम टर्क जेनेरेट गर्ने जनाइएको छ । यस कारमा ५–स्पीड म्यानुअल गियरबक्स दिइएको छ ।

Advertisement

Advertisement

Advertisement