रक्सी जति पियो, उती पिऊँपिऊँ लाग्छ किन ?

Advertisement

बीबीसी । साथीभाई भेटघाट हुँदा वा कुनै कामको सफलता वा मनोरञ्जनका लागि हामीहरु रक्सी पिउँने गर्छौ । यसरी रक्सी पिउँदा जति पियो, झन् पिउँ पिउँ लाग्छ किन होला ?

धेरै रक्सी पिउँदा यसको असर डिएनए पर्नजान्छ । त्यसले मस्तिष्कको काम गर्ने तरिकामा परिर्वतन गरिदिन्छ । अमेरिकाको रटगर्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको एक अध्ययनमा धेरै रक्सी पिउने र उत्सवमा रक्सी पिउने मान्छेको वंशाणु (जिन) हेरिएको थियो ।

त्यसरी हेर्दा रक्सीले जीन बिगारेको उनीहरुले पत्ता लगाए । मान्छेको शरीरमा हुने बायोलोजीकल क्लक भनिने शरीरको चक्र र उसको तनावप्रति प्रतिक्रिया जनाउने प्रणालीमा क्षति पुग्छ । क्षति पुगेका कारण मानिसलाई अझ बढि रक्सी पिउने र तनाव भयो की रक्सी पिउने तलतल बढ्ने हुन्छ । धेरै रक्सी पिउने भनेको ती जिनहरुमा क्षति पुग्नु हो । त्यसको अर्थ झन् पिउन मन लाग्नु हो ।

वैज्ञानिकहरूको अध्ययनमा धेरै रक्सी पिउने भनेर आठ गिलासभन्दा बढी पिउने महिला वा १५ गिलासभन्दा बढी पिउने पुरुष र उत्सवमा पिउने भन्नाले एक महिनामा एउटा उत्सवमा चार गिलास पिउने महिला वा पाँच गिलास पिउने पुरुष भनेर वर्गीकरण गरिएको छ । अल्कोहोलिज्मस् क्लिनिकल एन्ड एक्पेरिमेन्टर रिसर्च भन्ने जर्नलमा उक्त अध्ययन प्रतिवेदन छापिएको छ।

Advertisement

Advertisement

Advertisement