सार्वजनिक खर्च पुनरावलोकन आयोगले सरकारलाई बुझायो प्रतिवेदन

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडालाई सार्वजनिक खर्च पुनरावलोकन आयोगले आफ्नो प्रतिवेदन बुझाएको छ । विद्यमान बजेट प्रणालीलाई सुधार एवम् परिमार्जन गरी संघीय संरचना अनुरुप बनाउन अपनाउनुपर्ने कामका बारे आवश्यक सुझाव दिन गठित समितिले खतिवडालाई प्रतिवेदन बुझाएको हो ।

डा. डिल्लीराज खनालको अध्यक्षतामा गठित सार्वंजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन बुझदै उनले आयोगले सुल्झाएका विषयलाई सरकारले क्रमशः कार्यान्वयन गर्दै अघि बढ्ने बताए । मुलुकका तीनै तहका सरकारको खर्च प्रणालीको व्यवस्थापन गरी वित्तिय अनुशासन कायम गर्ने लगायतका विभिन्न पक्षका बारे प्रतिवेदनमा सुझाव दिइएको आयोगका खनालले बताए ।

अर्थसचिव राजन खनालले विद्यमान खर्च प्रणालीमा देखिएका समस्याहरुलाई समाधान गर्दै जाने सन्दर्भमा यो प्रतिवेदन सम्रग सुधारको एउटा अंग रहेको बताए । उनले नेपाल अध्ययनको अवसर प्रदान गराएकोमा नेपाल सरकार तथा अर्थमन्त्रीप्रति आभार व्यक्त गरे ।

वित्त क्षेत्रमा देखिएका समस्यालाई समाधान गरी मुलुकको विकास र समृद्धिको पक्षमा टेवा पुगोस भन्ने उद्देश्यले सरकारले २०७५ साल भदौं ३ गते सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गरेको थियो ।

Advertisement

Advertisement

Advertisement