काठमाडौं । चर्चित लोकदोहरी गायक पशुपति शर्माले नयाँ गीत ‘लुट्न सके लुट नेपालमै हो छुट’मार्फत सरकारको व्याङग्य गरेका छन् ।
उनी आफूले पञ्चायत सुने, बहुदल सुने र गणतन्त्र भोगे तर देश र जनताको निश्वार्थरुपले माया गर्ने न त कुनै नेता भेटे न त अरु कोही ठूला पदमा हुने भलाद्मीहरु, त्यसैले यो गीत गाउन बाध्य भएको गीतमार्फत जनाएका छन् ।
शर्माले देशमा बिग्रिएका बाटोघाटो जहाँ ट्राफिक लाईट पनि नभएर अस्तव्यस्त भइरहेका छन्, तर यस्तो अवस्था देख्दादेख्दै पनि राष्ट्रपतिले डेढ अर्बको हेलिकप्टर चढेर हिड्ने कुरालाई यस गीतमा तिखो व्याङग्य गरेका छन् ।
उनले राजनीतिक, आर्थिक स्थिति बिग्रँदै गएको र विकास गर्ने निउँमा भलाद्मी भनौदाहरुले आर्थिक लगानी हिनामिना गरेको कुरालाई उल्लेख गर्दै यो देशमा सोझो पाराले काम गर्नेहरुलाई कहिल्यै लाभ नहुने र सजिलै काम पनि नपाइने कुरा यस प्रष्ट पारेका छन् ।
गायक शर्माले वाइडवडी काण्ड र सुन काण्ड कहाँ हरायो ? भन्दै प्रश्न पनि उठाएका छन् । देशमा भ्रष्ट्राचार गर्नेले गरिरहेको छ लुट्नेले लुटिरहेको छ ठुलाबडाको लागि न त कुनै कानुन नै छ त्यसैले लुट्न सक्नेले लुट नेपालमै हो छुट भन्दै उनले यो गीत गायका हुन् ।
शर्माको आफ्नै शब्द, संगीत र स्वर रहेको यस गीतमा अभिनय मन्जु बि.क, प्रज्वल भण्डारी र गायक आफैको मूख्य अभिनय रहेको छ । छायाँकन र निर्देशन दुर्गा पौडेलले गरेका छन् भने भिडियोको सम्पादन नबिन घर्ति मगरले गरेका छन् । यस भिडियोलाई अहिलेसम्म एक लाख २२ हजार तीन सय ३३ जनाले युट्युबमार्फत हेरिसकेका छन्। भिडियो हेर्नुहोस:
[embed]https://www.youtube.com/watch?v=bdhrOfi6xLc[/embed]