प्रसिद्ध सटिङ सुटिङ ब्राण्ड ‘रेयमण्ड’को छैटौं शोरुम जावलाखेलमा, सुटको मूल्य पाँच लाखसम्म

Advertisement

ललितपुर । प्रसिद्ध सटिङ सुटिङ ब्राण्ड ‘रेयमण्ड’को छैटौं शोरुम जावलाखेलमा सञ्चालनमा आएको छ । शोरुमको शुक्रबार एक कार्यक्रमबीच शुभारम्भ गरियो ।

नयाँ शोरुममा टेलरिङ सेवाबाहेक रेयमण्ड ब्राण्डका सर्ट, टाइ, इनर वेयर जस्ता सामग्रीहरु उपलब्ध छ । त्यसैगरि शोरुमा ग्राहकले आफ्नो इच्छा र चाहाना अनुसार आठ हजार ४९९ देखि पाँच लाखसम्म पर्ने सुटहरु खरिद गर्न सक्नेछन् ।

यस ब्राण्डका कपडाहरुमा खुम्चीने समस्या नआउनुका साथै चर्को घामको किरणले समेत कुनै असर नपार्ने (पराबैजनी किरणले) अत्याधुनिक बिशेषताहरुले गुणस्तरीय भएको शोरुमले जनाएको छ ।

यसले प्रयोग गर्ने कपडाहरुमा कसमिरि, महेर, आन्गोरा जस्ता उच्च कोटिका कपडाहरु प्रयोग गरी तयार पारिएका रेयमण्डका उत्पादनहरु अन्य ब्राण्डको उत्पादन भन्दास्तरीय, उच्च गुणस्तरको तथा टिकाउ र सर्वसुलभ भएको रेयमण्डले जनाएको छ ।

सटिङ सुटिङमा साथै रेयमण्ड ब्राण्डमा प्रयोग हुने सामग्री मेरिनो उल्लबाट ल्याइन्छ भने उल्ल मार्क कम्पनीबाट यसले गुणस्तर चिन्ह प्राप्त गरेको छ ।

रेयमण्डका अध्यक्ष संजय अधिकारीले आफ्नो ब्राण्डका पहिरनमा गुणस्तरको ग्यारेन्टी हुनुका साथै यसको निश्चित मूल्य भएको बताउँदै त्यसैले उपभोक्ताहरुलाई यस ब्राण्डको प्रायोगबाट ठगिने आशंका नहुने बताए ।

नेपालको पुतलीसडकमा रेयमण्ड ब्राण्डको पहिलो शोरुम सन १९९९ मा संचालनमा आएको थियो । त्यसबाहेक दरवारमार्ग, न्यूरोड, त्रिपुरेश्वर र नारायणघाटमा यसका शोरुमहरु रहेका छन् । भविश्यमा थप शोरुमहरु विस्तार गरिने रेयमण्डले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement