नेपाली भाषालाई उपेक्षा गरेर अंग्रेजीमा मात्रै लाइसेन्स छपाई, विभागलाई कारवाहीको सिफारिस

Advertisement

काठमाडौं । सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)मा नेपाली भाषा पनि राख्न दिएको निर्देशन अटेर गरेको भन्दै भाषा आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागलाई कारबाहीको सिफारिस गरेको छ ।

स्मार्ट लाइसेन्स अँग्रेजी भाषामा मात्रै छाप्न काम धमाधम भएपछि आयोगले विभागलाई निर्देशन अटेर गरेको भन्दै कारवाहीको सिफारिस गरेको हो । आयोगका प्रवक्ता गणेश भट्टराईका अनुसार कारबाहीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा लेखिपठाइएको छ । संविधानबमोजिम काम नगरेकाले कारबाहीको सिफारिस गरिएको उनको भनाई छ ।

अँग्रेजीमा मात्रै लाइसेन्स छपाई गर्दा एकातर्फ मुलुकको राष्ट्र भाषाको रुपमा रहेको सम्पर्क भाषाको अपमान भएको र अर्कोतर्फ आम जनताले अंग्रेजी नबुझ्ने भएकाले पनि विभागको काम गलत भएको आयोगको ठहर छ । तीन बर्षअघिखेखि नै यस्तो लाइसेन्स छपाई गर्दै आएको विभागले भाषाको संवेदनशीलताप्रति उदासिन देखिएको कतिपय विज्ञहरुको भनाई छ ।

Advertisement

Advertisement

Advertisement