महिन्द्राले ‘महिन्द्राउदय’मा सबै किसिमका सवारीहरुको प्रदर्शनी गर्ने

Advertisement

काठमाडौं । महिन्द्राले मोविलीटी सोलुसनअन्तर्गतका पूरा रेन्जको दुई पाङ्ग्रेदेखि प्यासेन्जर भेइकल, कमर्शियल भेइकल, इलेक्ट्रिक भेइकल, कृषि सामग्रीसम्म ‘महिन्द्राउदय’ २०१९ फेस्टिवलमा प्रदर्शन गर्ने भएको छ ।

यही फागुन १० देखि १२ गतेसम्म भृकुटीमण्डपमा हुने यस प्रदर्शनीमा सबै रेन्जका ग्लोबल मोविलीटी सोलुसनका प्रडक्टहरुको लाइफ स्टाइल अटो शो गर्ने आयोजकले जनाएको छ ।

यस प्रदर्शनीले महिन्द्राका सवारी साधनहरुको टफ र रग्ड डिएनएको बारेमा अवलोकनकर्ताहरुलाई अझ स्पष्ट पार्ने आशा लिइएको छ । यस अटो शोको आयोजना अग्नी इन्कर्पोरेट, एमभी दुगड, स्वराज पार्टनर तथा महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले संयुक्तरुपमा गर्न लागेको अग्नीले जनाएको छ ।

प्रदर्शनीमा महिन्द्राको टुह्वीलर, प्यासेन्जर, ट्रक, बस, इलेक्ट्रिक भेइकल, ट्रयाक्टरदेखि जेनेरेटर जस्ता उत्पादनहरु रहनेछन् । नेपालमा पहिलो पटक महिन्द्राका नयाँ प्यासेन्जर भेइकलहरु मराजो, एक्सयुभी–३०० तथा अन्य एसयुभीहरुको पनि प्रदर्शनी हुने जनाइएको छ ।

हेवी कमर्शीयल भेइकलअन्तर्गत ब्लाजो तथा मझौला कमर्शियल भेइकलअन्तर्गत फ्युरीयोको पनि प्रदर्शनी हुने कम्पनीले जनाएको छ । स्वराजको ६५ हर्सपावर भएको स्वराज ९६३ र २५ हर्सपावर भएको जीभो फोरह्वीलड्राइभ ट्याक्टरदेखि नेपालको शहरहरुमा सफा हावाको गुणस्तर कायम राख्न प्रतिवद्ध मास मार्केट इलेक्ट्रिक कारहरु– ईटुओ र ईभेरिटोको पनि प्रदर्शनी हुनेछ ।

यसै अवसरमा महिन्द्राको रेसिङ इन्सपायर्ड महिन्द्रा मोजोको अनावरण गरिने, महिन्द्राको एक्सयुभी ५००, टियुभी ३००, केयुभी १००, म्याक्सीमो, सुप्रो, बलेरो पिकअप, कस्मो बस र तीनपाङ्ग्रे ईअल्फाको पनि प्रदर्शनी हुनेछ । महिन्द्रा एण्ड महिन्द्रा लिमिटेड २०.७ बिलीयन अमेरिकी डलरको कम्पनी महिन्द्रा ग्रुपअन्तर्गतको एक कम्पनी हो ।

Advertisement

Advertisement

Advertisement