साताको पहिलो दिन ह्वात्तै बढ्यो सुनको मूल्य

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ६२ हजार एक सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज चार सय रुपियाँले बढेर ६२ हजार पाँच सय रुपियाँमा कारोबार भएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ६२ हजार दुई सय रुपियाँमा कारोबार भइरहेको छ भने महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५३ हजार पाँच सय ८५ रुपियाँ कायम गरेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि १० रुपियाँले बढेर प््ति तोला सात सय ७५ रुपियाँमा कारोबार भइरहेको छ भने महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय ६४ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement