वेष्टर्न डेभलपमेन्ट बैंकले १७.४१ प्रतिशत बोनस दिने

Advertisement

काठमाडौं । वेष्टर्न डेभलपमेन्ट बैंकले सेयरधनी हिताग्राहीको खातामा १७ दशमलव ४१ प्रतिशत बोनस जम्मा गरिदिएको छ ।

कम्पनीले असार १३ गते सम्पन्न साधारसभाले पारित गरेको उक्त बोनस असार ३ गतेसम्म भौतिक प्रमाणपत्र अभौतिकीकरण गरेकाहरुलाई डिम्याट खातामा बोनस जम्मा गरिएको हो । अहिलेसम्म पनि सेयर प्रमाणपत्र डिम्याट नगरेका सेयरधनीलाई तत्काल सेयर डिम्याट गर्न बैंकले आग्रह गरेको छ ।

यसैगरी, २०७५ असार ३ गतेसम्म धितो बन्धक राखी कर्जा लिएकाहरुको बोनस सेयर रोक्का रहेकाले लगानीकर्ताले कर्जा लिएको सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरेर बोनस सेयर फुकुवा गर्न निवेदन दिनुपर्नेछ । तर त्यसपछि सेयर प्रमाणपत्र धितो राखेर कर्जा लिएकाहरुको भने क्रमशः बोनस खातामै जम्मा गरिने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement