हवाईजहाजको रंग सेतो हुन्छ किन ? यस्तो छ कारण

Advertisement

एजेन्सी । हामीले प्रायः अधिकांश हवाईजहाज सेतो रंग भएका देखेका छौं । रंगीन भएका हवाईजहाज कमै देखिन्छन् ।
–पहिलो कारण हवाईजहाजलाई चिसो राख्नका लागि हुन्छ । सेतो रंग गर्मीको बेला अन्य रंग भन्दा उपयुक्त हुन्छ । हवाईजहाजलाई कलर गर्नको लागि मात्रै करिब ३ लाख देखि १ करोड रुपैयाँसम्म लाग्ने गर्छ । समय ३ देखि चार हप्ता लाग्छ ।
–सुर्यको किरणले गर्दा अन्य रंग उड्दै जान्छ भने सेतो रंग कम उड्छ । यस कारण पनि कम्पनीहरुले हवाईजहाजमा सेतो रंग लगाउने गर्छन् ।

–हवाईजहाज खरिद विक्री गर्दा पनि कम्पनीको नाम परिवर्तन गर्न पनि सेतो रंग सहज हुने गर्छ ।
–सेतो रंगको प्रयोग गरेमा हवाईजहाजको तौल कम हुन्छ भने पेट्रोल खपत पनि कम हुन्छ । जसले खर्च पनि घटाउँछ । यस्तो थुप्रै कारणले अधिकांश हवाईजहाजको रंग सेतो बनाइएको हुन्छ ।

Advertisement

Advertisement

Advertisement