चितवनको पार्वतीपुरमा सुविधासम्पन्न हाटबजार सञ्चालनमा

Advertisement

चितवन। भरतपुर २१ पार्वतीपुरमा शनिबारबाट हाटबजार सञ्चालनमा आएको छ । ओम शिवालय कृषि सहकारीले सञ्चालनमा ल्याएको ओम शिवालय नामक यस हाट बजारको शनिबार भरतपुर महानगरपालिका वडा नं. २१ का अध्यक्ष चित्रसेन अधिकारीले उदघाटन गरे ।

पच्चिस लाख रुपियाँभन्दा बढि लगानी रहेको हाट बजारका ८२ वटा स्टलमध्ये ७० वटा बिक्री भईसकेको सहकारीका अध्यक्ष दीपक लामिछानेले बताए । बजारमा स्थानीय ग्राहकले स्थानीयस्तरमै उत्पादित तरकारी , माछा, फलफूल, कपडा, भाँडाकुँडालगायतका सामग्रीहरु राखिएका छन् ।

पर्याप्त पार्किङको सुविधा र व्यवस्थित स्टलहरु रहेको ओम शिवालय हाटबजारलाई आगामी दिन थप सुविधा र थप व्यवस्थित गर्दै लगिने हाट बजार संचालन समिति संयोजक मनोज बरालले बताए । पश्चिम चितवनको विशाल चोक, नयाँबस्ती, भीमनगरदेखि आफैले उत्पादन गरेका तरकारी बिक्री गर्न राखिएको छ ।

शुभारम्भको दिन राष्ट्रिय लोक तथा दोहोरी गायक मिलन लामा लगायतका कलाकारहरुको सांगीतिक प्रस्तुति दिएका थिए । हाटबजारबाट पटिहानी, शिवनगर, पार्वतीपुर लगायत क्षेत्रका बासिन्दा लाभान्वित हुने संस्थाका अध्यक्ष लामिछानेले बताए ।

शुभारम्भकै दिन करिब सात सयभन्दा बढीले किनमेल गरेको जानकारी दिँदै उनले घरगाउँ नजिकै सुलभ दरमा सामान खरिद गर्न पाउँदा उपभोक्ताहरु खुशी रहेको उनले बताए । सो अवसरमा हाटबजार व्यवस्थापनमा सहयोग पुर्याउने संघ संस्था तथा व्यवसायीलाई हाटबजार व्यवस्थापन समितिले सम्मान गरिएको थियो ।

om-shiwalaya-hat-bazar

Advertisement

Advertisement

Advertisement