माछापुच्छ्रे बैंकका पाँच शाखा रहित बैंकिङ सेवा सञ्चालन

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकले एकै पटक चितवन, तनहुँ, लमजुङ, बागलुङर काठमाडौंमा पाँच शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले चितवनको इच्छाकामना गाउँपालिका (मुग्लिङ्ग) स्थित फिस्लिङमा, तनहुँको म्याग्दी गाउँपालिका स्थित तार्पुमा, लमजुङको मध्य नेपाल नगरपालिका स्थित दुई पिप्लेमा, बागलुङको काठेखोला गाउँपालिका स्थित रेशामा र काठमाडौंको कीर्तिपुर नगरपालिका स्थित भत्केपाटी, पिपलबोटमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पुर्याइरहेको छ । यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ६१ शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको बैंकले जनाएको छ ।

ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित  उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९३ वटा शाखाहरु ल्गायत ६१ शाखा रहित बैकिङ्ग सेवागरी जम्मा १५४ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ११४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

Advertisement

Advertisement

Advertisement