अन्तर्राष्ट्रिय औद्योगिक व्यापार तथा घरेलु उद्योग महोत्सव र तेस्रो कृषि मेला हुँदै

Advertisement

काठमाडौं । भृकुटीमण्डपमा १५औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार तथा घरेलु उद्योग महोत्सव र तेस्रो कृषि मेला आयोजना हुने भएको छ । यस प्रदर्शनीको उद्देश्य नेपालमा उत्पादन भएका सामाग्रीहरु चिनाउनु तथा नेपालको अर्गानिक तथा पाकृतिक उपजहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बजारीकरण गर्नु हो ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष उमेश सिंहले नेपालको सनदर्भमा लघु, घरेलु तथा साना उद्योगहरु औद्योगिक क्षेत्र एंम आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको बताए । उनले नेपालको कुल गा्रहस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योग्दान करिव ६ प्रतीशत रहेकोमा यस क्षेत्रले ९० प्रतीशत हिस्सा ओगटेको छ भने कुल औद्योगिक रोजगारीको ७५ प्रतीशत र कुल औद्योगिक निर्यातको ८० प्रतीशत यसै क्षेत्रबाट हुने गरेको बताए ।

कार्यक्रममा बोल्दै उनले घरेलु तथा साना उद्योग विभागको आर्थिक वर्ष २०७३र/०७४ को तथ्यांक अनुसार मुलुकभर कुल तीन लाख ८६ हजार पाँच सय १२ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन भने नविकरण भई हाल चालु रहेका उद्योग दुई लाख ६४ हजार ८६ वटा रहेका छन् ।

सञ्चालित उद्योगहरुमा प्रस्तावित कुल पुँजी लगानी ३५ हजार तीन सय १२ करोड रुपियाँ लगानी भएकोमा २४ लाख ६६ हजार नौ सय ९२ जनाले रोजगारी पाएका छन् भने अनौपचारिक रुपमा ६ लाख भन्दा बढि लघु उद्यम व्यवसायहरु मुुलुकका विभिन्न भागहरुमा छरिएर सञ्चालनमा आएको अनुमान गरिएको छ ।

आयोजना हुन गईरहेको मेलामा उद्योगहरुको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धनसमेत गर्ने भएको छ । मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित उद्योगहरुको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी अन्तरक्रिया, छलफलगायतका विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको छ ।

त्यसैगरी, प्रदर्शन हुने कृषि उपजहरुमा चिया, कफी, जुस, तरकारी, प्रांगारीक मल, च्याउ, डेरी उत्पादन, हर्वल उत्पादनहरु, फलफुल तथा विउ विजनका उपजहरु, राडीपाखीलगायत अन्य कृषि उपजहरु तथा कृषि तथा वाणिज्य, व्यापार सम्बन्धमा जानकारी तथा सुचना प्रवाह गरिने जानकारी मेला संयोजककी शान्ता बाँस्कोटा कोईरालाले जानकारी दिईन् ।

उक्त कृषि प्रदर्शनीमा दुई सय ५० वटा स्टल रहने दुई लाखभन्दा बढीले मेलाको अवलोकन गर्ने अपेक्षा राखेको छ भने पाँच करोड भन्दा बढीको प्रत्यक्ष र १० करोड भन्दा बढीको अप्रत्यक्ष कारोबार गर्ने लक्ष्य राखेको छ । त्यसैगरी, कृषि मेलाबाट मात्रै ७५ लाख रुपियाँको आम्दानी गरिने अपेक्षा राखेको छ ।

यो प्रदर्शनी फागुनको २३ गतेदेखि २७ गतेसम्म चल्ने जानकारी दिईएको छ ।

Advertisement

Advertisement

Advertisement