माउन्टेन हाईड्रोलाई आइपीओ निष्काशन गर्ने अनुमति

Advertisement

काठमाडौं। माउन्टेन हाईड्रोले  १८ करोड १६ लाख ११ हजार रुपियाँ बराबरको १८ लाख १६ हजार एक सय १० कित्ता साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई उक्त आइपीओ निष्काशन गर्ने  अनुमति दिएको हो ।

कम्पनीले आयोजना प्रभावित बासिन्दाका लागि यसअघि नै शेयर निष्काशन गरेको कम्पनीले सर्वसाधारणमा शेयर निष्काशनगर्न बोर्डको स्वीकृति पाएको हो ।क्रेडिट रेटिङ्ग चार पाएको हाइड्रोलाई स्थानीयले नकिनेको समेतको शेयर सर्वसाधारणमा बिक्री गर्न अनुमति दिएको हो ।

Advertisement

Advertisement

Advertisement