कृषि विकास बैंकले व्याजदर घटायो

Advertisement

काठमाडौं। कृषि विकास बैंकले व्याजदर घटाएको छ । बैंकले फागुन १ गतेदेखि लागु हुनेगरी कर्जाको व्याजदरमा १ प्रतिशतले घटाएको छ भने निक्षेपको व्याजदरमा १ दशमलव ५ प्रतिशतले थप गरेको छ ।

बैकिङ कारोबार गर्दा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा ग्राहकहरुको चाहना तथा जनगुनासोलाई मध्यनजर गरी माघ २८ गते बसेको बैंक संचालक समितिकोको निर्णयअनुसार फागुन १ गते देखि लागु हुने गरी निक्षेपको व्याजदर र कर्जाको व्याज घटाएको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement