सिभिल बैंकले चार प्रतिशत नगद लाभांश दिने

Advertisement

काठमाडौं । सिभिल बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ४ दशमलव ०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

हाल बैंकको चुक्ता पूँजीको सात अर्ब २६ करोड ९३ लाख रुपियाँ रहेको छ । बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४ दशमलव ०५ प्रतिशत अर्थात २९ करोड ४० लाख रुपियाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

Advertisement

Advertisement

Advertisement