कामना सेवा विकास बैंक र प्रिमियर इन्स्योरेन्सबीच सम्झौता

Advertisement

काठमाडौँ । कामना सेवा विकास बैंक र प्रिमियर इन्स्योरेन्सबीच सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र प्रिमियर ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्यायले हस्ताक्षर गरे ।

सम्झौता अनुसार बैंकले सबै शाखाहरुबाट सहज रुपमा प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावान्वित हुने बैंकले जनाएको छ ।

बैंकले देशभर ६४ वटा शाखा तथा १७ वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement