बैंक, इन्स्योरेन्स तथा वित्तीय संस्थाहरुमा जागिरको अवसर (सुचना सहित)

Advertisement

काठमार्डौं । गुराँस लघुवित्त, ज्योति विकास बैंक, रिलायन्स लाइफ इन्स्योरेन्स र ग्रीन डेभलपमेन्ट बैंक लगायतका क्षेत्रमा जागिर खुलेको छ ।

जागिर खुलेका संस्थाहरु निम्न छन्ः

गुराँस लघुवित्त वित्तीय संस्था

गुराँस लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले केन्द्रीय कार्यालय धनकुटाका लागि विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको हो । संस्थाले प्रमुख कार्यकारी अधिकृत पदका लागि १, नायब प्रमुख कार्याकारी पदका लागि १ र वरिष्ठ प्रबन्धक, सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

ईच्छुक ताथ योग्यता पुगेका उम्मेदवारले फागुन १२ गते सम्म आवेदन दिईसक्नु पर्ने छ ।



 

रिलायन्स लाइफ इन्स्योरेन्स

रिलायन्स लाइफ इन्स्योरेन्सले विभिन्न शाखाका लागि शाखा प्रमुखको माग गरेको छ । इन्स्योरेन्सले २० शाखा कार्यालयका लागि शाखा प्रमुख माग गरेको हो । जीवन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा बजार प्रवर्धन सम्बन्धि कार्यानुभव भएका आवेदकहरु लाई विशेष प्राथमिकता दिने विज्ञापनमा उल्लेख गरिएको छ ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले फागुन १४ गते सम्म अवेदन दिन सक्नेछन् ।



ग्रीन डेभलपमेन्ट बैंक

ग्रीन डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले हेड अफ डिपार्टको लागि, सिनियर असिस्टेन्ट सुपरभाइजर, अफिसर आईटीको लागि कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले तोकिएको ठेगानामा दरखास्त दिन सक्नेछन् । थप जनाकारीको लागि यसको वेबसाईटमा क्लिीक गर्नुपर्ने हुन्छ ।

ज्योति विकास बैंक

ज्योति विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले जुनियर ट्रेनि एसिस्टेन्ट पदका लागि दरखास्त आह्वान गरेको हो । बैंकले उपत्यका र उपत्यका बाहिरका लागि उक्त पदमा ४० जना कर्मचारी माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका नागरिकले तोकिएको ठेगाना र समयमा दरखास्त दिन सकिने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement