शिवम् सिमेन्टको आइपीओ आजदेखि बिक्री खुल्ला

Advertisement

काठमाडौं । शिवम् सिमेन्टले फागुन ६ गते (आज)देखि सर्वसाधारण तथा उद्योग प्रभावित क्षेत्र (मकवानपुरबासी)का लागि साधारण सेयर (आइपीओ) बिक्री खुल्ला गरेको छ । यस सेयरमा लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम ४४ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन ।

कम्पनीले सर्बसाधारणका लागि प्रति सेयर तीन सय रुपियाँका दरले ४४ लाख कित्ता र मकवानपुरबासीका लागि प्रतिकित्ता दुई सय रुपियाँका दरले पाँच लाख ७९ हजार ६ सय ४० कित्ता शेयर निष्काशन गरेको हो ।

यस्तै, सामूहिक लगानी कोषलाई पनि दुई लाख २० हजार कित्ता नै छुट्याइएकोमा ६० हजार कित्तामात्र माग भएपछि बाँकी एक लाख ८० हजार कित्ता पनि सर्वसाधारणलाई नै थप गरी बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

लगानीकर्ताले आइपीओको किक्री प्रबन्धक सिद्घार्थ क्यापिटल र शिवम् सिमेन्ट अनामनगर काठमाडौं तथा सी–आस्वाबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले फागुन ९ गतेसम्म आवेद दिन सक्नेछन । तोकिएको समयमा सबै सेयर नबिकेमा चैत ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement