सेयरधनीलाई ३४ प्रतिशत लाभांश दिन नबिल बैंकले गर्यो साधारण सभा आह्वान

Advertisement

काठमाडौं। नबिल बैंकले सेयरधनीलाई ३४ प्रतिशत लाभांश दिने भएको छ। सभाले उक्त लाभांश पारित गर्नको लागि यहि फागुन २७ गते ३४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा साढे ११ बजेदेखि सुरु हुने बैंकले जनाएको छ।

सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरिको २२ प्रतिशत नगद तथा १२ प्रतिशत बोनस सहित कूल ३४ प्रतिशत लाभांश पारित गर्नेछ । साधारण सभाका लागि बैंकले फागुन १४ गते बुक क्लोज गर्ने भएको छ । यसअनुसार फागुन १३ गतेसम्म कायम रहने शेयरधनी मात्र लाभांश पाउने छन्  ।

बैंकले दश प्रतिशत  संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने भएको छ । बैंकले सभामा साविकको एनआइडीसी डेभलपमेन्ट बैंकले लिलामीमा बिक्री गरेको दश प्रतिशत  संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने एजेन्डा पेश गर्ने भएको छ ।

बैंकले सो शेयर रुपान्तरण गर्न नियामक निकाय राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भैसकेको जनाएको छ । फागुन ५ गते आइतबार बैंकको साधारण शेयरमूल्य आठ सय सात रुपियाँ  र संस्थापक शेयरको शेयरमूल्य सात सय २४ रुपियाँ रहेको छ । दुई बीचमा प्रतिकित्तामा ८३ रुपियाँ मूल्यअन्तर रहेको देखिन्छ।

यस्तै अन्य एजेण्डाहरुको बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन तथा आवश्यक संसोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र नाफा नोक्सानी हिसाब सहित बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गको सहित एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने लगायतका रहेका छन् ।

Advertisement

Advertisement

Advertisement