गरिमा विकास बैंकका एकै दिन ६ नयाँ शाखाको उद्घाटन

Advertisement

काठमाडौं। गरिमा विकास बैंकले चितवनको टाँडी र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । टाँडी नयाँ शाखा कार्यालयको उद्घाटन रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन र महेन्द्रनगर शाखा कार्यालयको उद्घाटन भीमदत्त नगरपालिकाकी उपप्रमुख शुशिला चन्द सिंहले गरेका थिए ।

साथै, बैंकले फागुन ५ गते नै चितनवको टाँडी र कञ्चनपुरको महेन्द्रनगर संगसंगै नुवकोटको बट्टार, लमजुङको बेसीशहर, बाँकेको चप्परगढी, र सुर्खेतको बीरेन्द्रनगरमा समेत नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

हाल बैंकले देशभर ७२ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ भने निकट भविष्यमा चितवनको मिलनचोक, कास्कीको हेम्जापर्साको बीरगञ्ज र दाङ्गको तुल्सीपुरमा समेत नयाँ शाखा कार्यालय खोल्ने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement