दुर्घटनामा परेका बाराका सीडीओ गणेश भट्टराईको निधन

Advertisement

काठमाडौं  । सडक दुर्घटनामा घाइते बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेशप्रसाद भट्टराईको सोमबार निधन भएको छ ।

गत माघ १२ गते पिकनिकबाट फर्किने क्रममा भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको जिप बाराको पथलैयामा ट्याक्टरको ट्रलीसँग ठोक्किएको थियो । काठमाडौंस्थित  त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा दुर्घटनाको २४औं दिनमा भट्टराईको निधन भएको निजगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम लामाले बताए।

 बा१झ १६३३ नम्बरको स्कोर्पियो पूर्व–पश्चिम राजमार्गको निजगढ–पथलैया सडक खण्डको पसाहा खोला नजिक रोकी राखेको ढुंगा लोडेड ट्याक्टरको टेलर (डब्बा) मा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा एसपी पोखरेलको घटनास्थलमै मृत्यु भएको थियो ।

 दुर्घटनामा भट्टराई गम्भीर घाइते भट्टराईलाई उपचारका लागि काठमाडौं ल्याइएको थियाे । भट्टराईकाे निधनकाे पुष्टि उनका भाइ नरेश भट्टराईले गरेका छन् ।

Advertisement

Advertisement

Advertisement