ग्लोबल आइएमईले १५ लाख इकाई ऋणपत्र निष्काशन गर्दै

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकले पाँच वर्ष अवधिका लागि १० दशमलव २५ प्रतिशत व्याजदरमा १५ लाख इकाई ऋणपत्र निष्काशन गर्ने भएको छ । फागुन १५ गतेदेखि निष्काशन गर्न लागेको कुल ऋणपत्रमध्ये ५ लाख ९७ हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले प्रतिइकाई एक हजार रुपियाँका दरले न्यूनतम २५ देखि ७५ हजार इकाईसम्म आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्काश्न तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्ने भएको छ ।

यो ऋणपत्रमा फागुन १९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा चैत्र १४ गते सम्म आवेदन दिन सकिनेछ । सी–आस्वाको माध्यमबाट आवेदन दिनुपर्नेछ । यो ऋणपत्रको नाम ग्लोबल आईएमई बैंक डिवेञ्चर २०८०/ ८१ रहेको छ ।

Advertisement

Advertisement

Advertisement