घुस काण्डमा मुछिएका अख्तियार आयुक्त माथि छानविन सुरु

Advertisement

काठमाडौँ । घुस काण्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध आयोगले छानविन सुरु गरेको छ ।

अख्तियारले मंगबार एकजना सहसचिवको नेतृत्वमा ३ सदस्यीय अनुसन्धान टोली बनाएको अख्तियारका प्रवक्ता सहसचिव रामेश्वर दंगालले जानकारी दिए । पाठकविरुद्ध महान्यायाधिवक्ताको कार्यालय अख्तियारले नै छानबिन गर्न सक्ने राय सोमबार दिएको थियो । आफ्नै आयुक्तमाथि छानबिन गर्न मिल्ने–नमिल्ने विषयमा दुविधा भएपछि आयोगले सोमबार महान्यायाधिवक्ता कार्यालयसँग राय मागेको थियो । आयुक्तबाट पाठकले गत शुक्रबार राजीनामा दिएका थिए ।

पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवाद मिलाइदिने बहानामा एक पक्षसँग ७८ लाख रुपैयाँ घुस लिएको भिडियो कुराकानीसहितको विवरण सुरक्षा निकाय, दलका नेता र मिडियालाई लगेर बुझाएपछि यो प्रकरण बाहिर आएको हो। पाठकले इन्जिनियरिङ कलेज सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग २०७४ भदौमा उक्त घुस लिएको बताइएको छ। पाठकले घुस लिएर पनि काम नगरिदिएको र पैसा पनि फिर्ता नभएको भन्दै पैसा दिने पक्षले भिडियो खुलासा गरिएको थियो।

Advertisement

Advertisement

Advertisement