ग्वार्कोमा एलजीको सुविधासम्पन्न ‘एलजी लाइफस्टाइल शप’ सञ्चालनमा

Advertisement

ललितपुर । लोकप्रिय इलेक्ट्रोनिक्स ब्राण्ड एलजीको ब्राण्ड शप (एलजी लाइफस्टाइल शप) ग्वार्को चोक सञ्चालनमा आएको छ । एलजीई सिंगापुरका निर्यात निर्देशक सेउङ हो ली र सिजी कर्प ग्लोबलका कार्यकारी निर्देशक निर्वाण चौधरीले यस शोरुमको उदघाटन गरे ।

एलजीका हरेक उत्पादनहरु पाउन सकिने यस एक्सक्लुसिभ शोरुममा ललितपुरका उपभोक्ताहरुलाई लक्षित गरी सञ्चालनमा ल्याइएको हो । शोरुममा एलजीका मनोरञ्जनदेखि घरायसी उपयोगका सामग्रीहरु विशेष छुट सुविधासहित पाउन सकिने जनाइएको छ ।

शोरुमबाट ५५ इन्चभन्दा ठूला टिभी, वासिङ मेशिन, रेफ्रिजिरेटरको निःशुल्क डेलिभरी, निःशुल्क जडानको सुविधासमेत रहेको छ भने एलजीका उत्पादनहरुको खरिदमा विशेष उपहारको समेत व्यवस्था गरिएको नेपालको लागि एलजीको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्स प्रालिले जनाएको छ ।

शोरुम सञ्चालनको अवसरमा सीमित अवधिभरका लागि हरेक सामानहरुमा फ्याटमा २० प्रतिशत छुट, एलजीको झड्का अफरअन्तर्गत एलइडी टिभीमा ४१ प्रतिशतसम्म क्यासब्याकको समेत व्यवस्था गरिएको छ ।

lg-brandshop-gwarko-1

Advertisement

Advertisement

Advertisement