युनिभर्सल आईपिओमा आवेदन गर्ने कति ? म्याद बुधबारसम्म

Advertisement

काठमाडौं । युनिभर्सलको आईपिओ कम्पनीमा एक लाख दुई हजारले आवेदन दिईसकेका छन् । युनिभर्सल पावर कम्पनीले माघ २५ गतेदेखि निष्काशन गरेको साधारण शेयर फागुन ९ गते बुधबार बेलुकादेखि बन्द हुने बिक्री प्रबन्धकले फागुन ७ गते मंगलबारसम्म निष्काशित भएको सबै शेयर बिक्री भएकाले बुधबार कार्यालय समय पछि आईपिओ बन्द गर्न लागेको जनाएको छ।

युनिभर्सल पावरले कम्पनीको सबै आईपिओ विक्री गरिसकेको जानकारी दिएको छ । कम्पनीले माघ २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुबाट अवितरित १७ लाख ६६ हजार १५० कित्ता समेत कूल ९३ लाख २७ हजार ४१० कित्ता आईपिओ सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो ।

जसमध्ये एक लाख ८६ हजार ५४८ कित्ता शेयर कर्मचारीहरुलाई र ४ लाख ६६ हजार ३७० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ८६ लाख ७४ हजार ४९२ कित्ता आईपिओ सर्वसाधारणमा बिक्रीमा ल्याएको हो ।

इच्छुक लगानीकर्ताले कम्पनीको आईपिओमा न्यूनतम ५० देखि अधिकतम ५० लाख कित्तासम्म मेरो शेयर तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति सदस्यता लिएको सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सि–आश्वा प्रणाली मार्फत फागुन ८ गते बुधबार कार्यालय समयसम्म मात्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement