सुनको मूल्य आकाशियो

Advertisement

काठमाडौं । साताको चौँथो दिन आज बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ६२ हजार सात सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज छ सय रुपियाँले बढेर ६३ हजार तीन सय रुपियाँमा कारोबार भएको छ ।

त्यस्तै, मंगलबार प्रतितोला ६२ हजार चार सय रुपियाँमा कारोबार भईरहेको तेजाबी सुनको मूल्य पनि छ सय रुपियाँले बढेर प्रतितोला ६३ हजार रुपियाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, हिजो मंगलबार सात सय ८० रुपियाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज पाँच रुपियाँले बढेर प्रति तोला सात सय ८५ रुपियाँमा कारोबार भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement