नेप्सेले सूचिकृत कम्पनीहरुको वर्गीकरण गर्यो, समूह ‘ए’ मा जम्मा दुईवटा वाणिज्य बैंक

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुको वर्गिकरण सार्वजनिक गरेको छ ।  समूह ‘ए’ मा दुईवटा वाणिज्य बैंक (ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेन्ट) परेका छन् । नेप्सेका अनुसार समूह 'बी' मा कुनै पनि कम्पनी परेका छैनन् ।  बाँकी सबै कम्पनी समूह ‘जी’ र ‘जेड’ मा परेका छन् ।

समूह ‘ए’ चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुगेको, धितोपत्र सूचीकरण गराएको कम्तिमा तीन वर्ष पूरा भएको तथा विगत तीन  वर्षमा कम्तिमा दुई आर्थिक वर्षमा नाफा आर्जन गरेको हुनुपर्नेछ ।

संचित नोक्सानी नहरेको, आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र साधारण सभा सम्पन्न गरेको हुनुपर्ने व्यवस्था रेहेको छ । साथै क्रेडिट रेटिङ संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ पाएको हुनुपर्ने व्यवस्था रहेको छ ।



Advertisement

Advertisement

Advertisement