शिवम् सिमेन्टको आईपीओमा अहिलेसम्म साढे ६५ करोडभन्दा बढीको आवेदन

shivam_IPO

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको आईपीओमा अहिलेसम्म साढे ६५ करोड रुपैयाँभन्दा बढीको साधारण शेयरका लागि सर्वसाधारणले आवेदन दिएका छन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बुधबार दिउँसो साढे २ बजेसम्म २१ हजार चारसय ३४ आवेदनबाट ६५ करोड ५८ लाख २१ हजार रुपियाँ बराबरको २१ लाख ८६ हजार ७० कित्ता शेयर माग भएको हो । फागुन ६ देखि ९ गतेसम्म शेयरआवेदन दिन पाउने छन् । शिवम्ले एक सय रुपिँया अंकित दरमा दुर्य सय रुपिँया प्रिमियम थप गरेर सर्वसाधारणका लागि तीन सय रुपिँयाका दरले ४१ लाख २० हजार कित्ता शेयरको बिक्री खुला गरेको हो ।

unitednic

यो सिमेन्टले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई भने २ सयमै शेयर बिक्री खुला गरेको छ । यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई तीन सय रुपिँयामै शेयर बक्री खुला गर्दा आठ लाख ८० हजार कित्तामध्ये जम्मा दुई लाख दुई सय ४० कित्ताको मात्रै आवेदन परेपछि एक सय रुपिँया घटाएको हो । यसले यो शेयरवापत संगठित संस्थाका कर्मचारीलाई दुई लाख २० हजार कित्ता, सामूहिक लगानी कोषलाई दुई लाख २० हजार कित्ता शेयर छुट्याएकोमा माग बमोजिमको ६० हजार कित्ता शेयर बाँडफाँड गरेर बाँकी रहेको ४१ लाख २० हजार कित्ता साधारण शेयरको सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।

यसको शेयर आवदेन खुला भएको पहिलो दिनदेखि नै संगठित संस्थासमेतले आवदेन दिन पाउने छन् ।इच्छुक लगानीकर्ताले मेरो शेयर सफ्टवेयरमार्फत आईपीओमा आवेदन गर्न सक्नेछन् भने यसका अलवा नेपाल धितोपत्र बोर्डबाट आश्बा सदस्य अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सबै शाखा कार्यालयमार्फत सी–आश्बा प्रणालीमार्फत ७७ जिल्लाबाटै निवेदन दिन सकिने व्यवस्था छ। शिवम् सिमेन्टको आईपीओमा एनआईबीएल एस क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सिबिआईएल क्यापिटल लिमिटेडले शेयर प्रत्याभूति गरेका छन्।

कम्पनीको आईपिओ आवश्यक माग परेमा फागुन ९ गते नै निष्काशन बन्द हुनेछ भने निष्काशित कित्ताको आवेदन नपरेको खण्डमा अन्तिम म्याद चैत ५ गतेसम्म खुला रहनेछ ।