फाइनान्सियल नोटिस मोवाइल एप सञ्चालनमा

Advertisement

काठमाडौं । वित्तीय क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले ट्रायम्फ मिडियाले एनड्रोइड भर्सनमा फाइनान्सियल नोटिस मोबाइल एप्स सार्वजनिक गरेको छ ।

वित्तीय पहुँचमा टेक्नोलोजीको भूमिका विषयक बुधबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले एप सार्वजनिक गरे ।

उनले मौद्रिक नीतिको समीक्षाले बैंक र व्यवसायीको माग सम्बोधन गर्ने बताए । शिवाकोटीले व्याजदर उच्च भएको गुनासो धेरै आएपछि त्यसको समाधानको लागि विभिन्न नीतिगत परिवर्तनको काम भइरहेको बताए ।

उनले बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजी अभाव देखिएको बताउँदै त्यसैले बैंकले दिर्धकालीन फण्डको लागि दिर्घकालिन ऋणपत्रलाई प्रथामिकता दिएको र निर्यात प्रवद्र्धनको लागि निर्यातयोग्य वस्तुको उत्पादनमा ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारिएको, बैंकहरुले कल डिपोजिटलाई प्रथामिकतामा राखेकाले त्यसलाई निरुत्साहित गर्नको लागि कल डिपोजिटको सिमालाई १० प्रतिशत कायम राखिएको बताए ।

Advertisement

Advertisement

Advertisement