माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायू  अस्पतालमा छुट

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकहरूले चिरायू नेशनल अस्पतालका सेवाहरुमा  छुट पाउने भएका छन्।

माछापुच्छ्रे बैंक र चिरायू नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूटबीच सम्झौता भएको सम्झौता अनुसार बैंकका ग्राहकले अस्पतालले दिने सेवा सुविधामा १५ प्रतिशत सम्मको छुट पाउने भएका हुन्।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा चिरायू नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूटको तर्फबाट सञ्चालन निर्देशकश्री चण्डेश्वर वैद्यले हस्ताक्षर गरे ।

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । चिरायू अस्पतालले आफ्नो स्थापनाकालदेखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

बैंकले देशभर ९३ वटा शाखाहरु लगायत ६२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा १५५ स्थानबाट ग्राहकलाई सम्पूर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ ।

Advertisement

Advertisement

Advertisement