नेपाल राष्ट्र बैंकले तरलता समस्या समाधान गर्न १५ अर्ब बजारमा पठाउने, बोलकबोल आज

Advertisement

नेपाल राष्ट्र बैंकले फागुन ९ गते बिहीबार १५ अर्ब रुपियाँको रिपो बोलकबोल मार्फत बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक हप्तामा परिपक्क हुने रिपो जारी गर्न लागेको हो। यो रिपो फागुन १६ गते परिपक्क हुने बैंकले जनाएको छ ।

बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् । ती संस्थाहरुले अनलाईन विडिङ्ग मार्फत बोलकबोलमा सहभागिता जनाउन सक्नेछन् ।बैंकले रिपो बिहीबार नै अपराह्न ३ बजे बोलकबोल गरेर जारी हुने राष्ट्र बैंकले जनाएको छ । रिपोको ब्याजदर पाँच प्रतिशत तोकिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा बैंकिङ्ग प्रणालीमा तरलता रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ । यस्तै अधिक रकम भएमा रिर्भस रिपो मार्फत तरलता खिच्ने गर्दछ ।

राष्ट्र बैंकले रिपो मार्फत प्रवाह गरेको रकमले बैंकहरुमा देखिएको कर्जायोग्य लगानी रकमको अभावलाई भने सम्बोधन गर्दैन । यसबाट लिने रकमले बैंकहरुलाई आन्तरिक नगद प्रवाह गर्न र अन्तर बैंक ब्याजदर तल झार्न भने सहयोग पुग्ने जानकारी दिईएको छ ।

रिपो मार्फत लिने तरलताले बैंकहरुले अनिवार्य मौज्दात कायम गर्नुपर्ने २० प्रतिशतभित्रै पर्ने रकम भएकाले बैंकहरुलाई आन्तरिक नगद प्रवाह गर्न ठूलो रकमहरुको भुक्तानी र बैंकको सिआरआर अनुपात कायम गर्न मात्र उपयोगि हुन्छ ।

Advertisement

Advertisement

Advertisement