गोरखा । सिमलचौर नगरपालिका–६ विस्थापित बस्तीमा खानेपानीको अभाव भएको छ । भूकम्पपछि जोखिममा परी केरौजाबाट विस्थापित भएर आएका भूकम्पपीडितको बस्तीमा खानेपानीको अभाव भएको हो ।
उक्त बस्तीका बासिन्दालाई अहिले एक गाग्री पानीका लागि एक घण्टाभन्दा बढी समय कुर्नुपर्ने बाध्यता रहेको सिमलचौरीका कान्छी गुरुङले जानकारी दिईन् । “पानीका लागि वरिपरि सार्वजनिक मूल छैन, उनलेले भनीन, “अलि नजिक रहेको खेतको मूलमा पानी लिन जाँदा खेतको धनीले सधैँ भोलिबाट नआउनु भन्छन् ।” त्यहाँ पनि एक ग्रागी पानी भर्न मात्रै एक घण्टाभन्दा बढी समय लाग्ने गरेको उनले बताईन् ।
केरौजामा घर बनाउने ठाउँसमेत नरहेपछि २०७४ सालमा यहाँ आइपुगेका विस्थापित भूकम्पपीडितलाई अहिले दिनभरि भने के खाने, के पिउने भन्ने चिन्ता हुने गरेको गुरुङको भनाइ छ । खानेपानीका लागि सहयोग गरिदिन आफूहरुले नगरपालिकासँग पटक पटक आग्रह गरे पनि सुनुवाइ नभएको गुरुङले गुनासो गरिन्।
खानेपानीको अभाव भएपछि सिमलचौरका बासिन्दाको पानीको मुहान खोजीमा दिन बित्न थालेको छ । “हामीलाई पानीको मुहान र पाइप मात्र कसैले दिए पनि पुग्थ्यो, स्थानीय काजीराम गुरुङले भनीन्, “बरु अरु जति काम गर्न परे पनि हामी आफैँ दुःख गरेर भए पनि गर्ने थियौँ । “गुरुङले अन्नपात बरु ऋण खोजेर भए पनि किन्न जाँदा सजिलो हुने तर पानी नहुँदा भने साह्रै नै हैरानी हुने गरेको बताइन् ।
नगरपालिकालाई पनि धेरै पटक पटक भनिसकेका छौं, गुरुङले भनीन्, “सर्भे गर्न पठाउँछौँ भन्छन् तर अहिलेसम्म कोही पनि बुझ्न आएको छैन ।” विस्थापित बस्तीमा खानेपानीसँगै बिजुलीको पनि समस्या भएको उनीहरुको भनाइ छ ।
सिमलचौरमा बसेबास शुरु गरेको डेढ वर्ष हुँदा पनि नगरपालिकाको छेउमा पनि बिजुली र खानेपानीको दुःख भोग्नुपर्दा आफ्नो पुरानो बस्तीको सम्झना आउने उनी बताउँछिन्। “त्यही सबै कुरा थियो चिनेजानेका सबै हुन्थेँ, खेतीपातीबाट थोरै भए पनि आफ्नै बारीमा उब्जनी हुन्थ्यो, गुरुङले भनीन, “यहाँ हामीलाई न कसैले सहयोग गर्छन् न हाम्रो समस्या बुझिदिन्छन् नत हाम्रो कुरा नै कसैले सुन्छन्, त्यति पहिरोको पिर छैन भन्ने मात्र हो । उत्तरी गोरखाका केरौजा, सामालगायतका जोखिमपूर्ण बस्तीबाट २२ भन्दा बढी विस्थापित परिवार सिमलचौरमा आएर बसेका छन् ।