नेपाल इन्सुरेन्सको ६५ प्रतिशत हकप्रद सेयर निष्काशन हुँदै

Advertisement

काठमाडौं । नेपाल इन्सुरेन्सले फागुन २१ गतेदेखि ६५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । यो हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

एक सय रुपियाँ अंकित मूल्यलाई आधार मानेर कम्पनीले ४० लाख १४ हजार ६५१ दशमलव ५८ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । एक बराबर ०.६५ अनुपातको यस हकप्रद माघ २५ गतेसम्म कायम सेयरधनीले भर्न सक्नेछन् ।

चैत्र २५ गतेसम्म आवेदन दिन सकिने यस सेयरमा  ग्लोबल आइएमई क्यापिटल, नेपाल इन्सुरेन्सको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय र सी–आस्वाको सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement