शाइन रेसुंगाको १७.७० प्रतिशत बोनस सेयर नपाएका सेयरधनीले कसरि पाउने ?

काठमाडौं।  शाइन रेसुंगा डेभलपमेन्ट बैंकले  सेयरधनीको हितग्राही खातामै बोनस सेयर पठाइदिएको छ । असोज १५ गतेसम्म सेयर डिम्याट गरेका सेयरधनीलाई १७ दशमलव ७० प्रतिशत  बोनस सेयर जम्मा गरिएको बैंकले जनाएको छ । असोज १५ गतेपछि सेयर अभौतिकराण गराएका सेयरधनीको बोनस पनि क्रमशः जम्मा गरिने भएको छ ।

अहिलेसम्म डिम्याट खाता नखोलेका वा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीले खाता खोली अद्यावधिक गराएपछि मात्र बोनस पाउनेछन् । शाइन रेसुंगाको असोज २८ मा सम्पन्न वार्षिक साधारण सभाले गत वर्षको नाफाबाट १७ दशमलव ७० प्रतिशत  बोनस र शुन्य दशमलव ९३ प्रतिशत  नगद गरी जम्मा १८ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त बोनस हितग्राही खातामा पठाएको हो ।