ब्याजदर घटाउन प्रमको निर्देशन नमान्ने बैंकरहरुको संकेत, भेटेरै हस्तक्षेप नगर्न आग्रह गरिने

Advertisement

काठमाडौं । उद्योगी व्यवसायीले बैंकको चर्को ब्याजदरका कारण उद्योग व्यवसाय गर्नै कठिन भएको भन्दै ब्याजदर घटाउन दबाब दिन प्रधानमन्त्रीसम्म पुगेको बेला बैंकहरुले भने दबाबमा ब्याजदर घटाउन नसक्ने बताएका छन् ।

उनीहरुले ब्याजदर बजारले निर्धारण गर्ने कुरा भएको तर्क गर्दै उनीहरुले चाँडैनै प्रधानमन्त्रीलाई भेटेर हस्तक्षेप नगर्न आग्रह गर्ने तयारी भइरहेको एक बैकरले बताए । उनले राष्ट्र बैंकले चालु आर्थिक बर्षको अर्धबार्षिक समीक्षाका क्रममा ल्याएको नीतिले वित्तीय क्षेत्रमा समस्या ल्याउने भन्दै यो पनि सुधार गर्नुपर्ने बताए ।

ब्याजदरका विषयमा बैंकरहरुबीच छलफल भइसकेको र प्रधानमन्त्रीलाई नै भेटेर यस विषयमा यथार्थ कुरा अवगत गराइने बताइएको छ । विशेषगरी पूर्व क्षेत्रका व्यापारीहरुले चर्को ब्याजदरका कारण उद्योग सञ्चालन गर्न कठिन भएकोले यसलाई कमी गर्न आन्दोलन नै अघि बढाएपछि नेपाल उद्योग बाणिज्य महासंघको टोलीले केही दिनअघि प्रधानमन्त्रीलाई भेटेर ब्याजदरको समस्या समाधान गर्न आग्रह गरेको थियो । बैंकरहरु दबाबमा ब्याजदर घटाउने पक्षमा छैनन् ।

Advertisement

Advertisement

Advertisement