‘अरु देशको एयरपोर्टमा चेकजाँच हुँदा सामान्यरुपमा लिइन्छ, हाम्रोमा भने ठूलो बनाइयो’

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोषमा आएर नेपालमा लगानी गर्न सुझाव दिएका छन् । लगानी सम्मेलनका लागि लगानीकर्तालाई निम्तो दिन लण्डन पुगेका उनले गैरआवासीय नेपाली संघ युकेले आयोजना गरेको कार्यक्रममा त्यस्तो सुझाव दिएका हुन् ।

गैरआवासीय नेपालीलाई नेपालमा लगानीको उपयुक्त अवसर भएको भन्दै खतिवडाले सामूहिक लगानी कोषमार्फत लगानी गर्न आग्रह गरे । उनले नेपालीले उपयोग गर्न सक्ने र सुविधाका सामान मात्र अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट लैजान सबैलाई आग्रह गर्दै विमानस्थलमा भन्सार जाँचपास सहजीकरण भएको जिकिर गरे ।

ठूलो मुलुकमा चेकजाँच हुँदा सामान्य मानिने भए पनि हामी कहाँ त्यही चेकजाँचको विषयलाई ठूलो बनाइएको खतिवडाको तर्क छ । त्रिभुवन विमानस्थलमा सुरक्षा जाँचमा बाहिरबाट आएका नेपालीहरुलाई अनावश्यक दुःख दिने, उनीहरुले ल्याएका सामानहरु खोस्ने गरिएको भन्दै विरोध भइरहेको बेला अर्थमन्त्रीले भने चेकजाँचलाई ठूलो बनाउनु जरुरी नरहेको बताएका हुन् । उनले विदेशी मुद्रामा लगानी गर्नेलाई विदेशी विनिमयको हेजिङको व्यवस्था भएको भन्दै सबै देशले पनि पुँजी खाता नियमन गर्ने व्यवस्था भएको बताए ।

करका दरहरु बढेका नभई सुधार गरिएको मन्त्री खतिवडाले बताए । इतिहासमै पहिलो पटक यति धेरै आर्थिकवृद्धि भएको भन्दै हुने भन्दै उनले जसलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमअफ)को प्रतिवेदनले पनि देखाइसकेकोले वर्तमान सरकार सात प्रतिशतभन्दा बढि आर्थिकबृद्धि हुने उच्च लक्ष्यमा अघि बढेको बताए ।

मूल्यवृद्धि चार प्रतिशतको वरिपरि मात्र रहेको भन्दै मन्त्री खतिवडाले आर्थिकवृद्धि समग्रमा वैदेशिक व्यापारबाहेक सरकारको वित्त स्थिति राम्रो भएको गैरआवासीय नेपालीलाई उनले बताए ।

खतिवडाले वैदेशिक व्यापार समस्या अहिले सिर्जना नभएको नभई विगतको संरचनागत समस्या समेत भएको बताए । विकासका पूर्वाधार निर्माण, कृषि तथा औद्योगिक क्षेत्रको विकासको प्रभावले वैदेशिक व्यापारको समस्या र उत्पादनको संरचना परिवर्तन गर्दा व्यापार घाटा देखा परेको उनले बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरुले नेपालमा लगानीका बारेमा चासो राखेका थिए । आउँदो मार्च २९ र ३० मा नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीका लागि लन्डनमा आयोजित नेपाल विकास सम्मेलनमा सहभागी हुन अर्थमन्त्री खतिवडा मंगलबार लन्डन गएका थिए ।

Advertisement

Advertisement

Advertisement