साधना लघुवित्तले आर्थिक सम्बृद्धि लघुवित्तलाई प्राप्ति गर्ने

Advertisement

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले तनहुँको डुम्रेमा रजिष्टर्ड कार्यालय भई १० जिल्ला कार्य क्षेत्र भएको वित्तीय संस्थाको रुपमा कारोवार गर्दै आएको आर्थिक सम्बृद्धि लघुवित्त वित्तीय संस्थालाई प्रप्तिगर्ने भएको छ ।

सम्झौतापत्रमा साधना लघुवित्तका तर्फवाट अध्यक्ष कृष्ण वहादुर थापा र आर्थिक सम्बृद्धि लघुवित्तका तर्फवाट डा. एक नारायण चापागाँइले हस्ताक्षर गरे । प्राप्ति पछि संस्थाको नाम साधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहनुका साथै केन्द्रीयकार्यालय हरमटारी ६ गोरखामा रहने भएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा चुक्ता पूँजी चार करोड ९० लाख रहेको साधना लघुवित्तले २६ वटा शाखा सञ्चालनमा ल्याएको छ भने आफ्ना २० हजार जना सदस्यमार्फत् रु १३ करोड निक्षेप संकलन गरी ७० करोड रुपियाँ लगानी गरी ५७ लाख नाफा आर्जन गरेको छ ।

त्यसैगरी चुक्ता पूँजी तीन करोड ६ लाख २५ हजार रहेको आर्थिक सम्बृद्धि लघुवित्तको १४ वटा शाखामार्फत पाँच हजार जना सदस्यमार्फत चार करोड निक्षेप संकलन गरी १५ करोड रुपियाँ लगानी गरेको छ ।

नेपाल राष्ट्र बैंकले घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदेशस्तर वा राष्ट्रियस्तरमा कायम रहनुपर्ने र सो का लागि मर्जर तथा प्रप्तिलाई प्रोत्साहन गरेको सन्दर्भमा यस दुई लघुवित्तको प्रप्ति सम्बन्धि सम्झौता नेपालमै पहिलो रहेको साधना लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।

Advertisement

Advertisement

Advertisement