अमलेखगञ्जमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

Advertisement

काठमाडौं । प्रभु बैंकले बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको परिसरमा बिरगञ्ज शाखा कार्यालयको एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएकोे छ । नेपाल आयल निगमका क्षेत्रीय प्रमुख प्रदिप कुमार यादवले उक्त एक्स्टेन्सन काउण्टरका उद्घाटन गरे ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल आयल निगम अमलेखगञ्जका क्षेत्रीय प्रमुख प्रदिपकुमार यादवले आफ्नो मन्तव्यका क्रमममा पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुलाई पेट्रोलियम पदार्थको कारोबार गर्न सहज हुने बताए ।

बैंकको यस काउण्टरबाट नेपाल आयल निगमको अमलेखगञ्जस्थित ईन्धन डिपोमा पेट्रोलियम पदार्थको कारोबार गर्ने सम्पूर्ण व्यवसायीहरु, अन्य सर्वसाधारणहरु, उद्यमी व्यवसायीहरुले पनि आप्mनै टोल छिमेकमै रहेको प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा सहज रुपमा उपभोग गर्न सक्नेछन् ।

यस काउण्टरबाट पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायी, स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, उद्यमी व्यवसायीहरु लगायतले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

Advertisement

Advertisement

Advertisement