‘सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाइँदैन्, तर पशुको ज्यानमा मान्छेको टाउको हाल्न पाइँदैन’

Advertisement

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि गोकुल बास्कोटाले सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने कुरा हल्ला मात्रै भएको बताउँदै तर पशुको ज्यानमा मानिसको टाउको राखेर पोष्ट गर्नु गलत भएको बताएका छन् ।

शुक्रबार संसदमा बोल्दै बास्कोटाले मन्त्री बास्कोटाले सामाजिक सञ्जालको दुरुपयोग गर्दै पशुको ज्यानमा कुनै व्यक्तिको टाउको राखेर अपमान नदिइने बताए । विशेषगरी नेताहरुको टाउको पशुको शरिरमा राखेर पोष्ट गर्ने प्रवृतिलाई औंल्याउँदै उनले भने, ‘पशुको ज्यानमा मान्छेको टाउको जोड्न दिँदैनौँ । यस्तो कुरा रोक्दा कसैको चित्त दुखे पनि केही फरक पर्दैन ।’

सामाजिक सञ्जाललाई प्रतिवन्ध लगाउन लागेको भनेर आफ्नो भनाई उदृत गर्दै आएका कुराहरु बेतुकको हल्ला मात्रै भएको बास्कोटाले बताए । सूचना तथा प्रविधिसम्बन्धी विधेयकबारे प्रतिनिधि सभामा सांसदहरुको जबाफ दिँदै मन्त्री बास्कोटाले भने, ‘स्वतन्त्रताको सीमा हुँदैन, तर मर्यादाको चाहीं सीमा हुन्छ त्यो नाघ्न मिल्दैन । सामाजिक सञ्जालमा प्रतिबन्ध होइन, नियामन गर्न खोजिएको छ । सामाजिक सञ्जालका कम्पनी दर्ता हुनुपर्छ, कसैले पनि मनपरी गर्न पाइँदैन ।’

उनले कम्युनिष्ट सरकार आएपछि कांग्रेसले प्रयोग गर्दै आएका जुम्ल्याहा शब्दको पनि चर्चा गर्दै भने, ‘जुम्ल्याहा शब्द छन् नि, तीसँग जोडेर हेर्नुपर्दैन, दम्भ र अधिनायकवाद । ज्ञानेन्द्र फाल्ने एउटा कम्पोनेन्ट नै यहाँ आएको छ । कसैको बेपत्ताको योगदान र कसैको बेमतलवको परिणाम गणतन्त्र होइन ।’

बास्कोटाले सूचना तथा प्रविधिसम्बन्धी विधेयक राम्रो उद्धेश्यका लागि ल्याउन लागिएकोले विरोध जरुरी नरहेको तर्क गरे । उनले भने, ‘राम्रो गर्न खोज्दा खोज्दै इरर छ भने हटाउन सकिन्छ । तर पूर्वाग्रहलाई त के गर्न सकिन्छ र ?’

उनले सामाजिक सञ्जालको दुरुपयोगले मानिस आत्महत्या गर्ने बिन्दूसम्म पुगेको बताए । उनले सामाजिक सञ्जालको नियामनले प्रेस स्वतन्त्रतालाई कहीं पनि खण्डित र कुण्ठित गर्दैन, सामाजिक सञ्जाल र प्रेस स्वतन्त्रता फरक कुरा हुन् ।’ सामाजिक सञ्जालले जिउँदै मान्छेलाई मारिदिएको पनि बास्कोटाले सुनाए ।

उनले यसमा राजश्वको पनि कुरा रहेको बताए । बास्कोटाले थपे, ‘केही सांसदले राजश्वको कुरा होइन भने तर यसमा राजश्वको कुरा छ, आर्थिक कुरा पनि यसमा छ ।’ बास्कोटाले गीत गाउने हक कुनै दलको मात्रै नभएको भन्दै कांग्रेसमाथि कटाक्ष गरे ।

Advertisement

Advertisement

Advertisement