महिन्द्राउदय सुरु, छ वटा नयाँ सवारी साधन एकैपटक अनावरण

Advertisement

काठमाडौं । भारतीय अटोमोबाइल्स कम्पनी महिन्द्राले शुक्रबारबाट काठमाडौंको भृकुटीमन्डपमा बृहत एकल अटो प्रदर्शनी ‘महिन्द्राउदय’ सुरु गरेको छ । यो प्रदर्शनी नेपालमै पहिलो पटक गरिएको महिन्द्रा ब्राण्डका नेपाली बिक्रेता कम्पनीहरुले जनाएका छन् ।

नेपाल उद्योग बाणिज्य संघकी अध्यक्ष भवानी राणाले यस कार्यक्रमको उद्घाटन गरिन् । कम्पनीले नेपाली बजारमा बिक्री वितरण गर्दै आएका बिभिन्न ३० भन्दा बढी मोडलका उत्पादनहरुलाई प्रदर्शनीमा राखेको छ । आजै महिन्द्राले ६ वटा नयाँ गाडिहरुको पनि नेपाली बजारमा अनावरण गरियो ।

महिन्द्राको एसयुभीएक्सयुभी ३००, नयाँ एमपीभी मराजो, महिन्द्राको नयाँ ट्रयाक्टर जीभो २४५ र यूभो ४१५ तथा मन्द्रिाको हेवी कमर्शियल भेहिकलहरु फ्यूरीयो तथा ब्लेजो २५ ट्रक साथै नयाँ ग्रेडर जी७५को पनि सार्वजनिक गरियो ।

महिन्द्राका उत्पादन नेपाली बजारमा आजभन्दा करिब २७ वर्ष अगाडिदेखि बिक्री वितरण हुँदै आएको छ । महिन्द्राका लागि नेपालको आधिकारीक वितरक अग्नी इन्कर्पोरेट, एमभी दुगड, श्वराज पार्टनर र महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले संयुक्तरुपमा यो लाइफ स्टाइल एन्ड अटो शो आयोजना गरेको हो ।

कम्पनीका एसयूभी, इलेक्ट्रिक सवारी, दुई पाङग्रे सवारी, हेभी इक्युपमेन्ट, कृषिमा प्रयोग हुने उपकरण, कमर्शियल प्रयोगमा आउने सवारी साधनका साथै महिन्द्राका सबै उत्पादनलाई यस महिन्द्राउदयमा देख्न सकिन्छ ।

Advertisement

Advertisement

Advertisement