हात्ती भाडामा प्रयोग गर्न प्रतिबन्ध

Advertisement

बाँके । बाँके राष्ट्रिय निकुञ्जले हात्ती भाडामा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । मेला, महोत्सवलगायतका पर्वमा हात्ती भाडामा प्रयोग नगर्नु भन्ने सरकारले निर्देशन दिएसँगै प्रतिबन्ध लगाइएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार नयाँ निर्देशन प्राप्त भएपछि हात्ती कहीँकतै पठाइएको छैन । प्रमुख संरक्षण अधिकृत रेग्मीले भने,“अब हात्ती निकुञ्ज र संरक्षण क्षेत्रको कामबाहेक अन्यत्र प्रयोग हुँदैनन् ।” सरकारले हालैमात्र हात्ती व्यवस्थापनसम्बन्धी ऐन संशोधन गरेपछि हात्तीको प्रयोगमा रोक लगाइएको हो ।

असोज महीना अघिसम्म निकुञ्जले शुल्क लिएर हात्तीलाई मेला, महोत्सव, महायज्ञलगायतका पर्वमा भाडामा दिने गरेको थियो । वन्यजन्तुको अधिकार र हात्तीको प्रयोगबाट हुने असुरक्षालाई देखेर सरकारले हात्ती व्यवस्थापनसम्बन्धी नयाँ नियम ल्याएको प्रमुख संरक्षण अधिकृत रेग्मीले बताए  ।

चार वटा हात्ती रहेको बाँके राष्ट्रिय निकुञ्जमा नेपाली पर्यटकले हात्ती प्रयोग गर्दा छ घण्टाको रुपियाँ । पाँच हजार, सार्क देशका पर्यटकका लागि  १० हजार रुपियाँ र अन्य मुलुकका पर्यटकका लागि २० हजार रुपियाँ शुल्क लिँदै आएको निकुञ्जका सूचना अधिकारी विष्णु थपलियाले जानकारी दिए  ।

Advertisement

Advertisement

Advertisement