पाँचथर पावर कम्पनीको आइपिओ भोलिदेखि बिक्री खुल्ला

Advertisement

काठमाडौं। पाँचथर पावर कम्पनीले फागुन १३ अर्थात भोलिदेखि सर्वसाधारणको लागि १७ लाख ५० हजार २५० कित्ता आईपिओ बिक्री खुल्ला गर्ने भएको  छ।  यस सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम नौं हजार छ सय २० कित्ताका लागि १०० रुपियाँ प्रति कित्ताका दरले आवेदन दिन पाउने छन् ।

कम्पनीले गत पुस ३० देखि माघ २९ गतेसम्म कूल नौं लाख ६२ हजार ५०० कित्ता स्थानीयका लागि निष्काशन गरेकोमा बाँकी आवेदन नपरेको सात लाख ८७ हजार सात सय ५० कित्ता सेयर अहिले निष्काशन गर्न लागेको हो ।

यसमध्ये कर्मचारीलाई ३५ हजार पाँच कित्ता र सामुहिक लागानी कोषलाई ८७ हजार पाँच सय १२ कित्ता छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार सात सय ३३ कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ ।

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट सी–आस्वाको प्रणली खमार्फत आवदेन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।कम्पनीको शेयरमा फागुन १६ गते आवेदन गर्न सकिनेछ । त्यस अवधिमा पर्याप्त आवेदन नपरे चैत १२ गते सम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आइपिओलाई केयर रेटिङ्गस नेपालले केयर ‘एनपि आइपिओ ग्रेड ४’ दिएको छ । यसले कम्पनीको वित्तीय विवरण औषत भन्दा कमजोर रहेको जनाएको छ  ।

Advertisement

Advertisement

Advertisement